कर्णाली सरकारको नीति तथा कार्यक्रम सभामा प्रस्तुत

कर्णाली सरकारको नीति तथा कार्यक्रम सभामा प्रस्तुत


सुर्खेत। कर्णाली प्रदेशको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

बुधवार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको चौथो अधिवेशनको छैटौँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा सडक पूर्वाधार, स्वास्थ्य, कृषि, सिँचाइ सुविधा लगायतका विषयलाई प्राथमिकता राखेर नीति, कार्यक्रम ल्याइएको छ ।

जसमा धेरैजसो पुराना कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रमहरू पनि समेटिएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरलाई स्वच्छ राख्न ‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गरिने प्रदेश प्रमुख परियारले बताए ।

सार्वजनिक शिक्षा सुधारका लागि ‘१० वर्षे शिक्षा नीति’ तयार गरिने बताइएको छ । साथै कर्णालीलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने परियारले बताए ।

सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानका लागि पहल गरिने प्रदेश प्रमुख परियारले बताए ।