दराजद्वारा ‘६.६ मिड-इयर सेल’को घोषणा सामान खरिद गर्दा अत्यधिक बचत गर्ने सुनौलो अवसर

दराजद्वारा ‘६.६ मिड-इयर सेल’को घोषणा सामान खरिद गर्दा अत्यधिक बचत गर्ने सुनौलो अवसर


काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य, दराज नेपालले आफ्नो अत्यधिक प्रतिक्षारत मिड–इयर सेल ६.६ कोे घोषणा गरेको छ ।

योजनाअन्तर्गत ६.६ मिड–इयर सेल मार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, रु. २ करोड बराबरको मेगा भाउचरलगायत अफरहरु प्राप्त गर्न सक्नेछन् ।

दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१) देखि जुन १२ (जेठ ३०, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

दराज ६.६ मिड–इयर सेल को प्रमुख आकर्षणका रुपमा, विभिन्न विक्रेता मार्फत खरीदकर्ताले अफर दिइएका सामग्रीहरुको खरिदका लागि न्यूनतम रु.४९९ खर्च गरेपश्चात निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन् ।

कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी भाउचरहरू संकलन गर्ने सुविधापनि उपलब्ध हुनेछ । साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम खर्च सिमा बिनापनि निःशुल्क डेलिभरीको सुविधा लागू हुनेछन् ।

उपभोक्ताहरुको शपिंग अनुभवलाई अझ सन्तोषजनक बनाउने उद्देश्यका साथ दराजले भर्खरै ‘बेष्ट प्राइस ग्यारेन्टी’ कार्यक्रमपनि सार्वजनिक गरेको छ ।

कार्यक्रमअन्तर्गत उपभोक्ताले ‘बेष्ट प्राइस (उत्तम मूल्य) ट्याग’का साथ बिक्रीका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सर्वाधिक सस्तो मूल्यमा खरिद गर्न सक्ने बाचा गरिएको छ ।

६.६ मिड–इयर सेलको अवधिभर यदि खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्ल्याटफर्म मार्फत दराजले ‘बेष्ट प्राइस ट्याग’ उपलब्ध गराएको सामग्री, सो भन्दा सस्तो मूल्यमा फेला पार्न सके र दाबी मान्य भएमा खरिदकर्ताले निर्धारित मुल्यको ५ गुणा रकम फिर्ता पाउनेछन् ।

६.६ मिड–इयर सेल बृहत छुट र बचतका बारेमा मात्र नभइ, यसको उद्देश्य उपभोक्तालाई बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नुपनि रहेको कम्पनीको भनाई छ । स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो र वेयरेवल्स, फर्निचर, घरको सजावट सामग्री लगायत अन्य थुप्रै उत्पादनमा पनि छुट्टाउनै नहुने अफरहरु उपलब्ध हुने बताइएको छ ।

दराज नेपालको सिक्स सिक्स पर्वबारे थप जानकारीको लागि दराजकाे आधिकारिक वेबसाइटमा जानुहोस्, दराज नेपालको फेसबुक पेज हेर्न वा दराज एप ब्राउज गर्न दराजले आग्रह गरेको छ ।

दराज ग्रुपका बारेमा

सन् २०१५ मा स्थापित दराज, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सञ्चालनमा रहेको दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्ल्याटफर्म हो । ५ सय मिलियन मानिसहरूको द्रुत रूपमा बढ्दो क्षेत्रलाई लक्षित गर्दै यसले विक्रेता र उपभोक्तालाई अत्याधुनिक मार्केटप्लेस प्रविधि प्रदान गरिरहेको छ ।

ई–कमर्स, रसिद, भुक्तानी र वित्तीय सेवाहरू समेट्ने एकीकृत पूर्वाधार निर्माण गरेर कम्पनीले इमर्सिभ, व्यक्तिगत किनमेल अनुभव प्रदान गर्ने र वाणिज्य शक्ति मार्फत दक्षिण एसियाली समुदायलाई नयाँ उचाई प्रदानगर्ने लक्ष्य बोकेको छ ।

थप जानकारीका लागि आधिकारिक वेबसाइट भिजिट गनुहोस् वा निरन्तर कर्पोरेट अपडेट्सका लागि लिंक्डइन आईडी www.linkedin.com/company/daraz/ मा फलो गर्न सकिन्छ ।