लुम्बिनी प्रदेश योजना अयाोगले पूर्णता पायो, तीनजना सदस्य नियुक्त

लुम्बिनी प्रदेश योजना अयाोगले पूर्णता पायो, तीनजना सदस्य नियुक्त


रुपन्देही । लुम्बिनी प्रदेश योजना आयोगले पूर्णता पाएको छ । एक उपाध्यक्षसहित तीन जना सदस्य रहने व्यवस्था छ । जसअनुसार यसअघि नै उपाध्यक्ष नियुक्त भइसकेको योजना आयोगमा थप तीन जना सदस्य नियुक्त भएपछि पूर्णता पाएको हो ।

प्रदेश मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदहरुमा तीन जनालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

प्रदेश योजना आयोगको सदस्यमा घोराही उपमहानरपालिका निवासी भुवन चौधरी, भरतपुर उपमहानगरपालिका निवासी नुमा शर्मा र कपिलवस्तु निवासी जीवन अर्याललाई नियुक्त गरिएको छ । अघिल्लो प्रदेश मन्त्रिपरियाद् बैठकले उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गरेको थियो ।

मुख्मयन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारको संगठन व्यवस्थापन तथा मुल्यांकन समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै शहरी विकास तथा खानेपानी मन्त्रालयका बाँकी रहेका जिल्लाहरुमा कार्यालय स्थापना गर्ने, आर्थिक बर्ष २०८०/०८१ को चैत मसान्त सम्म योजना आयोगबाट स्वीकृत लिएर आर्थिक मामिला तथा योजना मन्त्रालयमा दर्ता भएर सहमति लिएका बहुवर्षीय योजनाहरुलाई जेठ मसान्तसम्म अगाडि बढाउने निर्णय भएको प्रवक्ता पन्थीले जानकारी दिए ।