भ्रामक र तथ्यहीन सूचना दिने पोर्टललाई प्रेस काउन्सिलले कालो सूचीमा राख्छ : अध्यक्ष बस्नेत

भ्रामक र तथ्यहीन सूचना दिने पोर्टललाई प्रेस काउन्सिलले कालो सूचीमा राख्छ : अध्यक्ष बस्नेत


काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना दिने पोर्टललाई काउन्सिलले कालो सूचीमा राख्ने बताएका छन् ।

यस्ता खालका सूचना देशका लागि घातक भएको भन्दै बस्नेतले कालो सूचीमा राख्ने प्रकृया सुरु भएको समेत बताए । बिहीबार अन्लाइन संचारमाध्यमहरुका सम्पादक तथा सन्चालकहरुलाई काउन्सिलमा बोलाएर गरिएको कार्यक्रममा बस्नेतले यस्तो बताएका हुन् ।

काउन्सिलले राम्रो गर्नेलाई पुरस्कार र खराब गर्नेलाई कारबाही समेत थालेको बस्नेतले बताए । उनले भने, ‘समाचार माध्यमका नाममा अपुष्ट सामग्री दिने, असन्तुलित र पूर्वाग्रहपूर्ण सामग्री पस्किने काम भइरहेका छन् । गालीगलौज, अश्लील र बनावटी सामग्री पनि पाइएका छन् । त्यस्ता कुनै पनि माध्यमलाई काउन्सिलले अब कालोसूचीमा राख्दैछु ।’