नेपाल र श्रीलंकाबीचको खेल रद्द

नेपाल र श्रीलंकाबीचको खेल रद्द

दुवै टीमले अंक बाँडे


काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ । वर्षाका कारण अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा हुने भनिएको खेल रद्द भएको हो । खेल रद्द भएसंगै नेपाल र श्रीलंकाले १-१ अंक बाडेका छन् ।
रंगशालामा बाक्लो संख्यामा उपस्थित र टेलिभिजन लाइभको प्रतीक्षामा बिहानैदेखि बसेका नेपाली समर्थक निराश बनेका छन् । नेपालले एक टेस्ट राष्ट्रसँग खेल्ने मौका गुमाएको छ ।