पहिरोमा पुरिएर अरुण-३ जल विद्युत् आयोजनामा कार्यरत मजदुरको मृत्यु

पहिरोमा पुरिएर अरुण-३ जल विद्युत् आयोजनामा कार्यरत मजदुरको मृत्यु


संखुवासभा । संखुवासभामा पहिरोमा पुरिएर जल विद्युत् आयोजनामा कार्यरत मजदुरको मृत्यु भएको छ। चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एकजना मजदुरको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका प्रहरीले जनाएको छ। मंगलबार राति अविरल वर्षापछि खसेको पहिरोमा परेर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दिया घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको हो।

पहिरोमा परेर मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन्। उनीहरू निदाएका बेला पहिरो खसेको हो। जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा कोठा पहिरोमा पुरिएका छन्।