कालीमाटीमा लौका, घिरौंला र भिण्डी किलोको ४० रुपैयाँ

कालीमाटीमा लौका, घिरौंला र भिण्डी किलोको ४० रुपैयाँ


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार घिरौंला, भिण्डी, तिते करेला, न्युरो लगायत तरकारी सस्तिएको छ ।

घिरौंला, लौका र भिण्डी किलोको अधिकतम ४० रुपैयाँमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । त्यस्तै भन्टा ६०, तिते करेला ५०, परवर ७० रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।

तने बोडी ८०, घिउ सिमी ८०, टाटे सिमी १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ । समितिका अनुसार यस दिन ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो ८० रुपैयाँमा कारोबार भएको छ भने सानो गोलभेँडा ३० रुपैयाँ प्रतिकिलो छ । गाजर ११०, स्थानीय काउली ९० रुपैयाँमा कारोबार भएको छ ।

न्यूरो ९०, कन्य च्याउ प्रतिकिलो २००, डल्ले च्याउ ३२० र कुरिलो ३५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी बजारमा रातो आलु प्रतिकिलो अधिकतम ७०, प्याज ८५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।