कागेश्वरी मनोहरास्थित लाभइ बेकरीलाई विभागले तिरायो २ लाख जरिबाना

कागेश्वरी मनोहरास्थित लाभइ बेकरीलाई विभागले तिरायो २ लाख जरिबाना


काठमाडौं । कागेश्वरी मनोहरास्थित लाभइ बेकरीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई लाख रुपैयाँ जरिबाना तिराएको छ ।

विभागको टोलीले सोमबार गरेको अनुगमन पछि सो बेकरीलाई २ लाख जरिबाना तिराइएको विभागले उल्लेख गरेको छ ।

रिलेबलङि गरेको, गुणस्तर, परिमाण, मूल्य तथा नापतौलमा समेत हेरफेर गरेको पाइएपछि सो बेकरीलाई जरिवाना तिराइएको विभागले जनाएको छ ।

विभागले सोमबार कै अनुगमनबाट गौरङ सारिज प्रालि र पिटस्टक इनकर्पोरेटेड प्रालिलाई ५०/५० हजार जरिबाना तिराएको छ ।

उक्त कम्पनीमाथि दर्ता प्रमाणपत्र र मूल्य सूची नराखेको कसुरमा जरिबाना गरिएको विभागको विवरणमा उल्लेख छ ।

सोमबार नै अनुगमनबाट फर्निरच एण्ड फर्निसिङ हाउस ललितपुर र सरस्वती खाद्य किराना पसललाई समेत १०/१० हजार जरिवाना गरिएको छ । यी पसलहरुले खरिद बिल बिजक नराखेको कसुरमा जरिवाना तिराइएको हो ।