यतिबेला एनसेलका कर्मचारीहरु विभिन्न बैंकका सिईओहरुको कार्यकक्ष बाहिर प्रतिक्षा गरिरहेका भेटिन्छन् । तीन अर्ब रुपैयाँका लागि बैंक बैंक चाहार्दै आएका कर्मचारीहरुलाई बैंकका उच्च तहका अधिकारीहरुले तत्काल ऋण दिन नसक्ने भन्दै फर्काउँदै आएका छन् ।
एनसेलले तत्काल सरकारलाई तिर्नुपर्ने ३ अर्ब रुपैयाँ सबै रकम एउटै बैंकले नपत्याएपछि पछिल्लो समय तीन वटा बैंकबाट एक एक अर्ब रुपैयाँ ऋण लिन भन्दै कर्मचारीहरु भौतारिरहेका छन् । एनसेलले सरकारलाई तिर्नुपर्ने कर रकम यही भदौं १५ गतेभित्र तीन अर्ब रुपैयाँ दाखिला नगरेमा एनसेलको सम्पूर्ण सेवा बन्द हुनेछ ।
त्यसको लागि कम्पनीले तीन अर्ब जुटाउन विभिन्न माध्यमहरुमार्फत ऋण खोजिरहेको छ । सतिशलाल आचार्य आफैले विभिन्न च्यालनहरु प्रयोग गर्दा समेत तीन अर्ब रुपैयाँ जुटाउन नसकेपछि अहिले एनसेल संकटमा परेको छ । एनसेलको लेखापरिक्षण प्रतिवेदन अनुसार आव २०७८।०७९ कै वित्तिय विवरणमा खुद सम्पत्ति र कूल दायित्व बराबरी जस्तै भइसकेको थियो । २०८०।०८१ सम्म आईपुग्दा कूल सम्पत्ति भन्दा र कूल दायित्वको धेरै माथि पुगिसकेको छ । जसका कारण कुनै पनि बैंकले ऋण नदिएका हुन् ।
उता, यसअघि एनसेललाई ऋण दिने बैंकहरुलाई पनि थप अप्ठेरो पर्ने देखिएको छ । सबैभन्दा धेरै नबिल बैंकले एनसेललाई ऋण दिएको छ । यद्यपि नबिल बैंकले आफ्नो बैंकमा मुद्दति निक्षेप रहेको जनाउँदै आएको थियो । गत वर्ष करिब एक हजार टावर थप गर्दा उक्तम मुद्दति निक्षेप समेत सकिएको विश्वास गरिएको छ । एनसेल डुब्ने अवस्थामा पुग्दा बैंकहरुको अर्बौ रुपैयाँ ऋण समेत के हुन्छ भनेर अहिले नै भन्न सक्ने अवस्था छैन । बैंकहरुले चार करोडको कम्पनीलाई अन्धाधुन्द अर्बौ रुपैयाँ ऋण दिएका थिए ।
प्रतिक्रिया