काठमाडौं । मोरङको सुन्दरहरैचा-७ बाट सनिवारदेखि बेपत्ता भएकी अस्मितालाई झापाबाट बुधबार बिहान नियन्त्रणमा लिइएको हो । दुई नाबालिका मृत फेला परेको सुन्दरहरैचा नगरपालिका-७ स्थित केराघारी भित्र तीन र एक वर्षीया नाबालिका मृत फेला परेका थिए । मृत्यु हुनेमा धनकुटाको पाख्रिबास नगरपालिका-४ डिकुरेका अर्जुन कार्कीका ३ वर्षीया छोरी आइका र १ वर्षिया अर्पणा रहेका छन् ।
मोरङ प्रहरी प्रमुख नवराज कार्कीका अनुसार अस्मिताले समेत छोरीलाई प्रयोग गरेको विष आफूले सेवन गरेको पाइएको छ । उनको शारिरीक र मानसिक अवस्थासमेत अस्वस्थ्य रहेको छ । पहिले आफूले विष सेवन गरेर सोही विष छोरीहरूलाई खुवाएको पाइएको छ,’ उनले भने, ‘बच्चाहरूको तत्काल मृत्यु भएको थियो, उनी बेपत्ता थिइन्, पाँच दिनपछि उनको भने जिवित उद्धार गरिएको छ । प्रहरीले अस्मितालाई विराटनगरको एक अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ । घटनाबारे थप कुरा बुझ्न बाँकी रहेको उनले बताए ।
मामा लेखत खड्काका अनुसार श्रीमान्सँग विवाद भएपछि दुई छोरीलाई लिएर शुक्रबार बेलुकी साढे ६ बजे घरबाट हिँडेकी थिइन् । शनिबार अपरान्ह साढे चार बजे स्थानीय केराबारीमा दुई छोरी मृत फेला परेका थिए । अस्मिता भने बेपत्ता थिइन् । उनी झापा पुगेको जानकारीका आधारमा खोजतलास गर्दा बुधबार बिहान ६ बजे नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । नबालिकाको शव नजिकै प्रहरीले विषादी फेला परेको थियो ।
नबालिकाहरू केराघारी भित्र मृत अवस्थामा फेला परेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अस्मिताका श्रीमान् अर्जुन परिवारका साथ सुन्दरहरैचा-७ स्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । घर निर्माण भइरहेको कारण उनी र उनको परिवार दिदीको घरमा रहेका थिए ।
प्रतिक्रिया