काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण भएको छ ।
त्रिभुवन विमानस्थलबाट आज बिहान उडेको श्री एयरलाइन्समा प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् । श्री एयरलाइन्सको एसएचए १२१ जहाज सुर्खेतका लागि उडेको थियो ।
अवतरणका क्रममा जहाज केहीबेर धावनमार्गमै रोकिएको थियो । जहाजमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
यात्रुलाई अर्को जहाजबाट सुर्खेत पठाइएको छ ।
प्रतिक्रिया