काठमाडौँ – नेपालले आईसीसी विश्वकप लिग-२ मा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
क्यानडाको किङ सिटीमा मपल लिफ क्रिकेट ग्राउण्डमा ओमानका कप्तान अकिब इलियासले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो ।
बुधबारको टोलीमा नेपालले तीन परिवर्तन गरेको छ । पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएपछि नेपालले आजको खेलमा कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी बेन्चमा राखेको छ ।
नेपालले अनिल शाह, अर्जुन साउद र आरिफ शेखलाई मौका दिएको छ ।
नेपालको प्लेइङ–११ मा अनिल शाह, आसिफ शेख, भीम सार्की, अर्जुन साउद, रोहित पौडेल (कप्तान), आरिफ शेख, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।
प्रतिक्रिया