काठमाडौँ । साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दैछ।
चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो।
नेपालको समूहमा घरेलु टोली भुटानसँगै पाकिस्तान र श्रीलंका पनि रहेका छन्। यसअघि शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १-० गोलको जीत दर्ता गरेको थियो ।
दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै भारतले जीत पक्का गरेको थियो।
प्रतिक्रिया