दुर्गा प्रसाईलाई प्रहरीले समात्यो

दुर्गा प्रसाईलाई प्रहरीले समात्यो


काठमाडौं– विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईलाई प्रहरीले मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्बभन्दा बढी नेपाली रुपैंयाको लगानी रहेको दाबीसहित भिडिओ जारी गरेका थिए।

त्यसमा प्रधानमन्त्री ओलीको नाम नागरिकता बमोजिमको छैन भने हस्ताक्षर पनि किर्ते छ।

यो चाल पाएका प्रसाईंले लेखेका थिए,‘हिजो मैले कम्बोडियामा केपी ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेसँगै मलाई यो राज्य सत्ताले फेरि झुटो मुद्दा लगाई पक्राउको तयारी गरेको छ। मलाई साइवर क्राइम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्दामा पक्राउ गरे पनि सचेत र चनाखो रहन आग्रह गर्दछु। राजधानी केन्द्रित रही आन्दोलनको आँधिवेहरीका लागि तयार रहनुहुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु।’