काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी छ।
प्रशासन सिंहदरवार विशेष ब्युरोले प्राप्त गरेको जानकारीअनुसार बैठकले आज दुई जना नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को बढुवा गर्ने निर्णय गर्न सक्ने छ।
साथै, बैठकमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको तालिका र मन्त्रालयहरूले पेस गरेका नियमित प्रस्तावहरूमाथि पनि छलफल तथा निर्णय हुने सम्भावना रहेको जनाइएको छ।
प्रतिक्रिया