देशका विभिन्न भागबाट लागु औषधसहित २६ जना पक्राउ

देशका विभिन्न भागबाट लागु औषधसहित २६ जना पक्राउ


काठमाडौँ- देशका विभिन्न भागबाट लागु औषधसहित २६ जना पक्राउ परेका छन् ।

दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुरबाट ब्राउन सुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तीयाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई पनि पक्राउ गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१३ लालापुरवाबाट कोहलपुर नगरपालिका-२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका-१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई पनि खेरो हेरोइनसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।