खेलकुद मन्त्री चौधरी र श्रम मन्त्री भण्डारीको विदेश भ्रमण स्वीकृत

खेलकुद मन्त्री चौधरी र श्रम मन्त्री भण्डारीको विदेश भ्रमण स्वीकृत


काठमाडौँ । सरकारले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको विदेश भ्रमण स्वीकृत गरेको छ ।

पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८१ माघ ६ गते मलेसियामा आयोजना हुने थारु एनुअल डे एण्ड कल्चरल माघी फेस्टिबल कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन युवा तथा खेलकुद मन्त्री चौधरीलाई स्वीकृति दिएको हो ।

यस्तै बैठकले २०८१ माघ १६ देखि १७ मा साउदी अरेबियाको रियादम आयोजना हुने मिनिस्टरियल राउण्डटेबल अफ द ग्लोवल लेबर मार्क कन्फ्रेन्समा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीलाई स्वीकृति प्रदान गरेको छ।