काठमाडौं । महिला टिमसँगै नेपालको पुरुष टिम पनि खो खो विश्वकपको फाइनलमा स्थान बनाएको छ ।
शनिबार भारतको इन्दिरा गान्धी रंगशालामा नेपालले सेमिफाइनलमा इरानलाई ७२–२० ले हरायो । शुक्रवार भएको क्वार्टरफाइनलमा बंगलादेशलाई ६७– १८ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो ।
नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको हो । नेपाल भारतसँग पहिलो खेलमा ४१–३७ पराजित भएको थियो । दोस्रो खेलमा नेपालले ब्राजिललाई १३४– ८ ले हराउँदै विश्वकपमा स्थान बनाएको हो । दोस्रो खेलमा पेरुलाई ८०–३४ र भुटानलाई ९८–८ ले हराएको थियो ।
आज नै भएको महिलातर्फ जित निकाल्दै नेपालको महिला टिम पनि फाइनलमा स्थान बनाएको छ। नेपालले युगाण्डालाई ८९–१८ ले हराएको हो । महिला टोली प्रतियोगिता अपराजित छ । नेपाल समूह ‘सी’ को विजेता बनेको थियो ।
महिला टोलीले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले हराएको थियो ।
नेपालका दुबै टोली पहिलो पटक विश्वकप खेल्दैछन् ।
प्रतिक्रिया