काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४ सय मतगणना हुँदा महर्जनले ४ हजार १ सय ४९ मत प्राप्त गरेका छन्।
खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्। मतगणनाको पछिल्लो विवरणअनुसार निश्कल राई ३ हजार ८ सय ४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार ६ सय ४१ मतसहित तेस्रो स्थानमा छन्। प्रा.डा. गोविन्दराज पोखरेलले ३ हजार ४ सय ७८, जितनारायण श्रेष्ठले ३ हजार ३ सय ७१ र ई. मोहन आचार्यले ३ हजार २ सय ९० मत प्राप्त गरेका छन्।
त्यस्तै, प्रवल थापाले ३ हजार २ सय २६, गणेश लामाले ३ हजार ३४ र राजीव कोइरालाले ३ हजार २२ मत पाएका छन्। हिमाल दत्त श्रेष्ठले २ हजार ८ सय ४७, विद्वान गुरुङले २ हजार ६ सय ९१, डा. शोभाकर पराजुलीले २ हजार ६ सय ४०, ई. अमृत ज्ञवालीले २ हजार ५ सय ९१ र अर्जुनप्रसाद जोशीले २ हजार ५ सय ८० मत प्राप्त गरेका छन्।
सन्दीप रानाले २ हजार ५ सय १५, ई. नवराज त्रिपाठीले २ हजार ४ सय ७४, नरेन्द्रकुमार केरुङले २ हजार ४ सय ३७, भरतकुमार शाहले २ हजार ४ सय ३१, महेश खरेलले २ हजार ३ सय ४३ र मिन कृष्ण महर्जनले २ हजार ३ सय ३४ मत पाएका छन्।
बलदेव तिमिल्सिनाले २ हजार ३ सय १२, जन्मजय तिमिल्सिनाले २ हजार ३ सय ३, ई. ऋषि कोइरालाले २ हजार २ सय २६, युवराज पाण्डेयले २ हजार २ सय २१, कुमार लुइँटेलले २ हजार १ सय ९९ र ई. दीपक बाबु कँडेलले २ हजार १ सय ६८ मत प्राप्त गरेका छन्।
किरण के।सी।ले २ हजार १ सय ३२, उज्ज्वल प्रसाद बरालले २ हजार १ सय २२, दीपक भट्टराईले २ हजार ७३, महेन्द्रकुमार शर्माले २ हजार १२, मदन कृष्ण श्रेष्ठले १ हजार ९ सय ९४, डा. मुकेशराज काफ्ले र डा. सुरज राज काफ्लेले समान १ हजार ९ सय ७९ मत पाएका छन्।
प्रमोदहरि गुरागाईंले १ हजार ९ सय ५१, लेखनाथ पोखरेलले १ हजार ८ सय ९४, डा. कृष्णप्रसाद पौडेल र तिलकबहादुर रानाभाटले समान १ हजार ८ सय ९०, किरण किशोर घिमिरेले १ हजार ८ सय ७७, रवि सिंहले १ हजार ८ सय ६९ र डा. मुक्तिराम श्रेष्ठले १ हजार ८ सय ३४ मत प्राप्त गरेका छन्।
प्रकाश सिंह कार्कीले १ हजार ८ सय २६, प्रदिपकुमार सुनुवारले १ हजार ८ सय २३, कृष्ण रिजाल र सुधान्सु कोइरालाले समान १ हजार ७ सय ५०, निलकण्ठ रिजालले १ हजार ७ सय ३७, कबिर राणाले १ हजार ६ सय ९२, श्यामकुमार घिमिरेले १ हजार ६ सय ६७ र सन्तोष सुब्बाले १ हजार ६ सय ६६ मत पाएका छन्।
चित्रबहादुर के।सी।ले १ हजार ६ सय ५१, भीमप्रसाद ढुंगानाले १ हजार ६ सय २०, टेकराज पौडेलले १ हजार ५ सय ९४, किशोर दत्त बरालले १ हजार ५ सय ८५, उत्तम जोशीले १ हजार ५ सय ७० र केशव थापाले १ हजार ५ सय ३९ मत प्राप्त गरेका छन्।
मधुरा प्रसाद घिमिरेले १ हजार ४ सय ८४, अनिल कृष्ण प्रसाईंले १ हजार ४ सय ७९, भीम सिंह गुरुङ (भीम दाई)ले १ हजार ४ सय ७४, खडकबहादुर बुढाले १ हजार ३ सय ९६, छत्रबहादुर गिरीले १ हजार ३ सय ६४ र पुष्पबहादुर शाहले १ हजार ३ सय ४९ मत पाएका छन्।
कविता तिवारी (गैह्रे)ले १ हजार ३ सय ४०, जगतप्रसाद जोशीले १ हजार ३ सय ३२, रमेश रायमाझी र राजेन्द्र खत्री केसीले समान १ हजार ३ सय १२, चिरञ्जिवी थापाले १ हजार ३ सय १० र अष्टकुमार कवेले १ हजार २ सय ८६ मत प्राप्त गरेका छन्।
खेलराज पाण्डेयले १ हजार २ सय ७, इच्छुराम रानाले १ हजार १ सय ७५, तुलसीनारायण श्रेष्ठले १ हजार १ सय ६१, हरिप्रसाद आचार्यले १ हजार १ सय ५३, गोविन्दबहादुर शाह (शम्भु)ले १ हजार १ सय १५, धर्मराज गौतमले १ हजार १ सय १५ र दोर्णकुमार कुँवरले १ हजार १ सय १२ मत पाएका छन्।
गोरख (आनन्द) बिष्टले १ हजार १ सय ८, केशवबहादुर चन्दले १ हजार ९०, सचित शर्माले १ हजार ६६, सकलदेव सत्तिहारले १ हजार ५१, राधाकृष्ण भण्डारी (राधे) र विष्णुकुमार कार्कीले समान १ हजार ३० मत प्राप्त गरेका छन्।
दिलिपकुमार ढुंगानाले ९ सय ७२, दिलमान सिंह चन्दले ८ सय ९३, वीरमणि ढकालले ८ सय ५२, सुरेश सुवेदीले ७ सय ९५, पुष्पराज भट्टले ७ सय ७७, खेमराज ओलीले ७ सय ५७ र मुरारीप्रसाद आचार्यले ७ सय ३३ मत पाएका छन्।
त्यस्तै, ऋषिप्रसाद शर्मा र प्रवीणकुमार सिंहले समान ६ सय ८१ मत प्राप्त गरेका छन् भने प्रभात मणि ओझा (प्रविण)ले ५ सय ८७ मत पाएका छन्।
खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने भएकाले मतगणनाको अन्तिम परिणामले निर्वाचित हुने उम्मेदवारको टुंगो लगाउनेछ। हालको विवरण मतगणना जारी रहँदाको परिणाम हो।

प्रतिक्रिया