उपप्रधानमन्त्री पौडेलको दाबी : अर्थ मन्त्रालयले डेटामा खेल्दैन, जे हो तथ्य त्यही सार्वजनिक गर्छ

उपप्रधानमन्त्री पौडेलको दाबी : अर्थ मन्त्रालयले डेटामा खेल्दैन, जे हो तथ्य त्यही सार्वजनिक गर्छ


काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयले डेटामा नखेल्ने बताएका छन्। आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डेटामा मन्त्रालयले चिटिङ नगरी जे छ त्यही राख्ने गरेको बताएका हुन्।

उनले भने,‘डेटाका विषयमा अर्थ मन्त्रालयले डेटामा खेल्दैन। जे हो तथ्य त्यही सार्वजनिक गर्दछ। हरियो छ हरियो डेटा सार्वजनिक गर्छ, रातो र पहेँलो हुँदा रातो पहेँलो सार्वजनिक गर्छ। अर्थ मन्त्रालयले चिटिङ गर्दैन।’

अर्थ मन्त्रालयले हालै सरकारले जारी गरेको अध्यादेशका विषय जानकारी गराएको छ। सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसबन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो।