पूर्वमुख्यमन्त्री थापामाथि कुटपिट गर्ने कर्मचारीलाई प्रहरीले चलायो अभद्र व्यवहार मुद्दा

पूर्वमुख्यमन्त्री थापामाथि कुटपिट गर्ने कर्मचारीलाई प्रहरीले चलायो अभद्र व्यवहार मुद्दा


काठमाडौँ। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको छ ।

शनिबार बेलुका थापामाथि आक्रमण गरेलगतै पक्राउ परेका नेपाल विद्युत् प्राधिकरणका चालक र एक कर्मचारीविरुद्ध आइतबार अभद्र व्यवहार मुद्दामा तीन दिन म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ परेकाहरूमाथि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

शनिबार बेलुका करिब साढे ६ बजे झापाको सुरुंगामा ओभरटेक गर्न खोजेपछि विद्युत् प्राधिकरणको सवारी चालकले थापामाथि मुक्का प्रहार गरेका थिए । मुक्का प्रहारबाट उनको आँखामाथि निधारमा चोट लागेको छ । शनिबार विर्तासिटी अस्पतालमा उपचारपछि थापा घर फर्किएका थिए ।