मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको हो ।

सचिवालयका अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।