स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री बैंककमा

स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री बैंककमा


काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वास्थ्य उपचारका लागि थाइल्यान्ड पुगेकी छन् ।

शनिबार बैंकक पुगेकी उनी माघ १५ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, बैंककबाटै परराष्ट्रमन्त्री राणाले सोमबार इजिप्टका विदेशमन्त्री डा. बद्र अब्देल–अतीबीच टेलिफोन वार्ता गरेकी छन् ।

टेलिफोन वार्तामा उनीहरूबीच हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइको विषयमा कुराकानी भएको थियो ।