ट्रम्पले लगाए अमेरिका–मेक्सिकोको सीमाक्षेत्रमा राष्ट्रिय संकटकाल

ट्रम्पले लगाए अमेरिका–मेक्सिकोको सीमाक्षेत्रमा राष्ट्रिय संकटकाल


President Donald Trump signs an executive order as he attends an indoor Presidential Inauguration parade event at Capital One Arena, Monday, Jan. 20, 2025, in Washington. (AP Photo/Evan Vucci)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमाक्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । गए राति भएको शपथ ग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सीमा समस्या समाधानका लागि संकटकाल घोषणा गरेका हुन् । उनले सबै गैरकानूनी प्रवेश बन्द गरेर लाखौं अवैध आप्रवासीलाई देशनिकाला गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले दक्षिणी सीमानामा सेना पठाउने बताएका छन् । उनले जन्मसिद्ध नागरिकताको परिभाषालाई सम्बोधन गर्ने आदेशदेखि अमेरिका–मेक्सिको सीमामा कडाइ गर्ने आफ्नो प्रतिबद्धतामा यो कदम चालेका हुन् । ट्रम्पले कार्यकारी आदेश जारी गरेर सीमाक्षेत्रमा आप्रवासीलाई समात्ने र छोड्ने नीतिको अन्त्य गर्ने बताएका छन् ।

उनले आफ्नो कार्यकालको पहिलो चरणमा पूर्व राष्ट्रपति जो बाइडेन शासनकालका झण्डै ८० वटा कार्यकारी आदेशलाई रद्द गरेका छन् । यस्तै ट्रम्पले यूएस क्यापिटल प्रकरणमा सजाय भोगिरहेका एक हजार पाँच सय बन्दीलाई माफी दिएका छन् । उनले अब राष्ट्रिय मेलमिलापको प्रक्रिया शुरु हुने बताएका छन् ।