बजेट पास भयो, कहिले लाग्छ ठेक्का ? भन्दै सरकारलाई गोकुल बास्कोटाको प्रश्न

बजेट पास भयो, कहिले लाग्छ ठेक्का ? भन्दै सरकारलाई गोकुल बास्कोटाको प्रश्न


काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बास्कोटाले बजेट कार्यान्वयनबारे संसदले चासो राख्नुपर्ने बताएका छन् ।

मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले बोल्दै उनले बजेट खर्चबारे प्रश्न गरेका हुन् ।

बैठकमा बोल्दै उनले भने, ‘बजेट पास भयो, ठेक्का कति लागे ? अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ ? चैतमा ठेक्का लगाएर असारमा भुक्तानी हुन्छन् । अवश्य नै कमजोरी भएका छन् ।’