माओवादी पदाधिकारी बैठक बस्दै

माओवादी पदाधिकारी बैठक बस्दै


काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय लिन सक्ने बताइएको छ।

बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा खुमलटारमा दिउँसो २ बजे बस्नेछ।

बैठकमा नेताहरूको कार्य विभाजनसहित पछिल्ला समसामयिक विषयमा छलफल हुने ‘प्रचण्ड सचिवालयले जनाएको छ।

माघ २ गतेको बैठकमा भएको प्रस्तावबारे आजको बैठकले निर्णय गरेर सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी माओवादीको छ।