उजुरी अध्ययनका लागि समिति गठन

उजुरी अध्ययनका लागि समिति गठन


काठमाडौँ । लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । काँग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिले समिति गठन सात सदस्यीय समिति गठन गरेको छ ।

समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाँण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य छन् ।

लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । मंगलबारको बैठकमा ती उजुरीहरू सांसदहरूलाई बाँडिएको थियो ।