काठमाडौं । आज तराई र उपत्यकाका धेरै जिल्लामा हुस्सु र कुहिरो लागेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशकाका साथै गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सदूरपश्चिमका हिमाली क्षेत्रका केही ठाउँमा आज दिउँसो नै हिमपातको सम्भावना रहेको छ भने गण्डकीमा एक/दुई ठाउँमा राति हिमापात हुने सम्भावना छ ।
बाँकी मधेश, कोशी, लुम्बिनी र बागमती प्रदेशको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया