प्रतिकूल मौसमले तराईका उडान रद्द

प्रतिकूल मौसमले तराईका उडान रद्द


काठमाडौँ । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज सिमरा, नेपालगञ्ज र धनगढीका सबै उडान रद्द भएका हुन् । बुद्ध एयरले समेत यी विमानस्थलमा आज कुनै पनि उडान हुन नसकेको जनाएको छ ।

तराई भेगमा बाक्लो हुस्सुका कारण उडान निरन्तर प्रभावित बनिरहेको छ । काठमाडौंमा भने मौसम सफा रहेका कारण उडान अवतरण सामान्य छ ।