१६ लाख छात्रालाई एचपीभी खोप दिइने

१६ लाख छात्रालाई एचपीभी खोप दिइने


काठमाडौँ । विद्यालय तहमा अध्ययन गर्ने छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रालाई खोप दिन लागिएको हो ।

महाशाखा अन्तर्गतको खोप सेवा शाखाका अनुसार आगामी २२ माघदेखि ६ फागुनसम्म खोप दिइन लागिएको हो ।

१६ लाख ८८ हजार ७ सय ६८ छात्रालाई खोप दिइने छ । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पनि खोप दिइने शाखाले जनाएको छ ।

विज्ञहरूले एचपीभी खोप सुरक्षित रहेको दाबी गरेका छन् ।