काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजारमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया