विश्वप्रकाश शर्माले भने-नागरिकको तहमा संविधानपछि बन्नुपर्ने कानुन पनि नबनेको बुझाइ छ

विश्वप्रकाश शर्माले भने-नागरिकको तहमा संविधानपछि बन्नुपर्ने कानुन पनि नबनेको बुझाइ छ


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिक तहमा संविधानपछि संविधान कार्यान्वयनका लागि आवश्यक ऐनहरू बन्न नसकेको भन्ने बुझाइ रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा काँग्रेस सांसद समेत रहेका शर्माले यस्तो बताएका हुन् ।

राज्य व्यवस्था तथा समितिमा संविधान कार्यान्वयनका लागि महत्त्वपूर्ण रहेको संघीय निजामती सेवा सम्बन्धी विधेयक दफावार छलफलमा छ । विधेयकमाथिको छलफलमा महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘संविधानपछि बन्नुपर्ने कानुन पनि बनेका छैन भन्ने नागरिक तहमा बुझाई छ । गुणात्मक रूपमा काम गरौँ,’ उनले भने ।