काठमाडौँ । संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन गर्ने सहमति भएको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विहीबारदेखि सुरु भएको विधेयकमाथिको दफाबार छलफलका क्रममा सरकारले प्रस्ताव गरेको प्रस्तावनालाई संशोधन गर्ने सहमति भएको हो ।
प्रस्तावित प्रस्तावनामा प्रविधिमैत्री, पारदर्शी, परिणाममुखी, समावेशी शब्द थप गर्ने प्रस्तावमा सहमति भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । उनका अनुसार प्रस्तावनामा परेका ३२ वटा संशोधन पनि यसै संशोधनमार्फत सम्बोधन भएका छन् ।
प्रतिक्रिया