कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्ष पछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्ष पछि पक्राउ


काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले गत मंगलबार साबिकको काफल कोट गाविस वडा नम्बर ४ का बस्ने ४५ वर्षीय भक्त बहादुर सिंहलाई पक्राउ गरेको हो ।

२०५७ साल फागुन ८ गते साबिकको काफल कोट गाविस ५ बस्ने लाल बहादुर सिंहका हत्या गरेर प्रतिवादी भक्त बहादुर २४ वर्षदेखि फरार थिए ।

जिल्ल प्रहरी कार्यालयको टोलीले प्रहरीले खोजतलास गर्ने क्रममा जिल्लाकै गुराँस गाउँपालिका ६ जोरेवाज स्थित लुकीछिपी बसेको अवस्थामा गत मंगलबार दिउसो ३ बजे पक्राउ गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रबक्त एवं सूचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माले बताए ।

प्रहरीका अनुसार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।