नेपाल प्रहरीमा एसपीका ३७ पद रिक्त

नेपाल प्रहरीमा एसपीका ३७ पद रिक्त


काठमाडौँ । नेपाल प्रहरीमा उपरीक्षक (एसपी) का ३७ पद रिक्त भएका छन् ।

२५ एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएर बुधबार मात्रै दर्ज्यानी चिन्ह लगाएको थिए । योसँगै रिक्त एसपीको संख्या ३७ पुगेको हो ।

यसअघि १२ एसपीका पद रिक्त थिए । ३७ एसपीको दरबन्दी रिक्त भएसँगै प्रहरी प्रधान कार्यालयले बढुवाको गृहकार्य सुरु गरेको छ ।