६ महिनामा काठमाडौँ महानगरले गर्‍यो जम्मा १७ प्रतिशत खर्च

६ महिनामा काठमाडौँ महानगरले गर्‍यो जम्मा १७ प्रतिशत खर्च


काठमाडौँ। संघीय राजधानी समेत रहेको देशकै ठूलो बजेट ल्याउने स्थानीय निकाय काठमाडौँ महानगरपालिकाले बजेट खर्च अत्यन्तै न्यून गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्म कुल बजेटको एक चौथाइ पनि खर्च गर्न नसकेको हो ।

महानगर वित्त विभागका अनुसार कुल विनियोजित २४ अर्ब ९० करोड ६३ लाख २५ हजार बजेटमध्ये ४ अर्ब ३७ करोड ८७ लाख ४७ हजार मात्र खर्च भएको छ । यो गत आव सोही अवधिको दाँजोमा १७.५८ प्रतिशतमात्र हो ।