प्रधानमन्त्रीद्वारा तिनाउ गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन

प्रधानमन्त्रीद्वारा तिनाउ गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको बताउँदै नयाँ भवनबाट जनतालई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गरे ।

प्रधानमन्त्री ओलीले पाल्पा एक उर्वर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्र रूपमा अगाडि बढाउन आग्रह गर्दै केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकास विरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरूको अर्थ नहुने स्पष्ट गरे ।

उनले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्याउने तत्त्वहरूले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्दै नेकपा (एमाले) र नेपाली काँग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमतिबमोजिम अघि बढ्ने स्पष्ट गरे ।