हमासले थप चार इजरायली महिला बन्धकलाई रिहा गर्ने

हमासले थप चार इजरायली महिला बन्धकलाई रिहा गर्ने


काठमाडौँ । युद्धविरामको सहमति अनुसार हमासले थप चार महिला इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ ।

हमासले चार जना महिलालाई रिहा गर्ने भएको छ । बिबिसीका अनुसार हमासले २० वर्षीया करिना एरिभ, २० वर्षीया डेनियल गिल्बोआ, २० वर्षीया नामा लेवी र १९ वर्षीया सिपाही लिरी अल्बागलाई रिहा गर्ने भएको छ ।

इजरायलले चार महिलाको बदलामा १८० प्यालेस्टाइनी कैदीलाई रिहा गर्ने भएको छ ।

इजरायलसँग भएको युद्धविराम सम्झौतापछि हमासले गत आइतबार तीन महिला रोमी गोनेन, एमिली दमारी, र डोरोन स्टेनब्रेचरलाई रिहा गरेको थियो । यसको बदलामा इजरायलले ९० प्यालेस्टाइनी कैदीलाई रिहा गरेको थियो ।

हमासले आउदो पाँच सातामा रिहा गर्ने २६ इजरायली बन्धकको बारेमा समेत जानकारी दिने बताइएको छ ।