देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ: अर्थमन्त्री पौडेल

देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ: अर्थमन्त्री पौडेल


मोरङ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताएका छन्। देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनको कथन छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताए । फरक प्रसंगमा उनले निर्माण व्यवसायीको भुक्तानी नरोकिने प्रष्ट पारे । साथै अर्थमन्त्रीले पुँजीगत खर्चमा सुधार भइरहेको बताए ।