अछामको जंगलमा दुई किशोरी मृत फेला

अछामको जंगलमा दुई किशोरी मृत फेला


काठमाडौँ । अछाममा शुक्रवारदेखि बेपत्ता भएका दुई किशोरी मृत फेला परेका छन्।

मृत पर्नेमा ढकारी गाउँपालिका-८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् ।

शुक्रबार बाख्रा चराउन जगंलमा गएका उनीहरू घर नफर्किएपछि खोजीका क्रममा हिजो शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे अझै खुलासा भएको छैन । यसबारे थप अनुसन्धान भइरहेको छ ।