रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस जारी

रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस जारी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस जारी छ ।

गत बुधबारबाट जारी थुनछेक बहसमा आज प्रतिवादीका तर्फबाट वकिलहरूको बहस जारी भइरहेको छ । अहिले रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।