काठमाडौँ । सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रूपन्देही जिल्ला अदालतमा रवि लामिछाने तर्फका कानून व्यवसायीले बहस सकेका छन् ।
आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेलले बहस गरेका छन् । अब सरकारी वकिलले जवाफी बहस सकेपछि आदेश आउने छ । अदालत स्रोतका अनुसार आजै आदेश आउने सम्भावना बढी छ ।
प्रतिक्रिया