काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद् भेला चैतमा गर्ने निर्णय गरेको छ। भेला काठमाडौँमा हुनेछ।
वीरगञ्जमा आइतबार भएको केन्द्रीय समिति बैठकले चैतमा संघीय परिषद् भेला गर्ने निर्णय गरेको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए।
बैठकले अध्यक्ष राईको राजनीतिक प्रतिवेदन पारित गरेको छ।
जिल्ला र प्रदेश कमिटीहरूलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदनसमेत पारित गरेको महासचिव राईको भनाइ छ।
संघीय परिषद् भेला आयोजना हुनुभन्दा अघि बाँकी जिल्ला र प्रदेश कमिटी गठन गर्ने उनले बताएका छन्।
केन्द्रीय समिति बैठकमा मधेसकेन्द्रित दलहरू एक भएर अघि बढ्ने विषयमा पनि छलफल भएको थियो।
प्रतिक्रिया