रुपन्देही अदालतमा एक करोड धरौटी बुझाएर रिहा भए रवि

रुपन्देही अदालतमा एक करोड धरौटी बुझाएर रिहा भए रवि


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बुझाएर रिहा भएका छन् । बैंक ज्ञारेन्टीमार्फत उनले अदालतमा धरौटी बुझाएका हुन् ।

बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी माग गरेको थियो ।

सोही अनुसार उनी आइतबार नै बैंक ग्यारेन्टीमार्फत एक करोड धरौटी बुझाएर रिहा भएका हुन् ।

गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आज न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले सो आदेश गरेको हो ।