काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध आज पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् । उनी हिजो राति नै रुपन्देहीबाट पोखरा गएका थिए ।
रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तत्कालै बैंक ग्यारेन्टीमार्फत धरौटी तिरेर रवि थुनामुक्त भएका थिए । तर, धरौटी रकम उच्च भएको र आफूलाई साधारण तारेखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन् ।
काठमाडौं जिल्ला अदालत रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध पनि रविले पुनरावेदन गर्ने तयारी रहेको पनि बताइएको छ । ती अदालतहरूले दिएको आदेशमा पनि उनी असन्तुष्ट बनेका छन् । काठमाडौँले ६० लाख रुपैयाँ र रुपन्देहीले १ करोड धरौटी मागेको थियो ।
प्रतिक्रिया