संसद सुरु भएकै दिन अध्यादेश पेस गरिने, माघ महिनाको क्यालेण्डर तयार

संसद सुरु भएकै दिन अध्यादेश पेस गरिने, माघ महिनाको क्यालेण्डर तयार


सभामुख घिमिरे–छलफल काठमाडौँ, १४ माघः सोमबार सिंहदरबारस्थित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकबीचको छलफल हुँदै। तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं । सरकारले ल्याएका अध्यादेश १८ माघमा संसद सुरु भएकै दिन पेस गरिने भएको छ । आज बसेको सभामुख र पाँच दलका प्रमुख सचेतकको छलफलमा अध्यादेशहरू १८ माघमा पेस गरेर २२ माघमा संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको एमालेका मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिए ।

यस्तै, भोलि ११ बजे कार्यव्यवस्था बस्ने तय भएको छ । माघ २३ र २४ गते पनि सदन बस्ने तय भएको छ । यसैगरी, माघ २५, २६ र २७ गते समितिको बैठक राखिने छ । माघ २८, २९ र ३० गते पनि सदन बस्ने तय भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख पाँच राष्ट्रिय दलका सचेतकहरुसँग छलफल गरेका हुन् ।

संसद्को हिउँदे अधिवेशनको तयारीबारे छलफल थालेका सभामुख घिमिरेले सोमबार सिंहदरबारस्थित कार्यकक्षमा राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका हुन् । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपा सहभागी रहेका छन् । आइतबार पनि सभामुख घिमिरे छलफल गरेका थिए । उनले सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ ।