काठमाडौं । ललितपुरको किष्ट अस्पतालको शौचालयमै एक युवककाे शव भेटिएको छ । सोमबार बिहान साढे ५ बजेतिर महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित किष्ट अस्पतालभित्रको इमरजेन्सी पछाडि रहेको शौचालयभित्र एक युवा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतक महालक्ष्मी नगरपालिका–८ बिसुन्डोलका ३१ वर्षीय सन्दीप रावल रहेको प्रहरीले जनाएको छ । उनी बिरामीका आफन्त रहेको अस्पतालले जनाएको छ । ती युवा गए राति शौचालय गएका थिए । उनको मृत्युको कारण खुलिसकेको छैन । शव किष्ट अस्पतालमै पोष्टमार्टम भइरहेको छ । पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण यकिन हुने अस्पताल प्रशासन स्रोतले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया