रास्वपाले गुण र दोषका आधारमा अध्यादेशबारे खरो बहस गर्ने

रास्वपाले गुण र दोषका आधारमा अध्यादेशबारे खरो बहस गर्ने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको अध्यादेशबारे गुण र दोषका आधारमा खरो बहस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले सरकारले ल्याएका अध्यक्षको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर पनि गरेको छ ।

पार्टीकी कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जारी गरेको विज्ञप्तिमा संसद्मा दुई तिहाइ बहुमत भएको सरकारले अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित भएको, व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुने अवस्था निम्तिएको र यसको जिम्मेवार दुई प्रमुख सत्ता साझेदार दलले लिनुपर्ने निष्कर्ष निकालेको उल्लेख गरिएको छ ।

त्यस्तै, बैठकले पार्टीका विषयगत विभाग सञ्चालन नियमावली २०८१ को संशोधन प्रस्ताव, संगठन विभाग नियमावली २०८१ र निर्वाचन आयोगको नियमावली २०८१ पारित गरेको जानकारी गराइएको छ ।