सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध, जथाभाबी फोहोर फाले १५ हजार जरिवाना

सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध, जथाभाबी फोहोर फाले १५ हजार जरिवाना


काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरेको छ ।

घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्यले शहर फोहोर तथा दुर्गन्धित हुने साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य भइरहेको भन्दै महानगरले यस्तो कार्यमा रोक लगाएको हो ।

कहीँ कतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) बमोजिम पाँच हजार रुपियाँदेखि पन्ध्र हजार रुपियाँसम्म जरिवाना हुने सूचनामा उल्लेख गरेको छ ।