सडक-पेटीमा निर्माण सामाग्री राख्नेलाई १५ हजार जरिवाना

सडक-पेटीमा निर्माण सामाग्री राख्नेलाई १५ हजार जरिवाना


काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक-पेटीमा निर्माण सामाग्री राखेर पैदलयात्रुलाई अवरोध गर्ने एकजनालाई आर्थिक कारबाही गरेको छ ।

महानगरपालिकाले वडा नम्बर ५ का केशव श्रेष्ठलाई सडक–पेटी अतिक्रमण गरेर निर्माण सामग्री राखेबापत आर्थिक जरिवाना गरेको हो ।

श्रेष्ठलाई १५ हजार जरिवाना तिराइएको महानगर प्रहरी बलले जनाएको छ ।